शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सप्तरीमा मतदानस्थल तोडफोड, मतदान अधिकृतमाथि कुटपिट

शुक्रबार, ३० वैशाख २०७९, १३ : २८
शुक्रबार, ३० वैशाख २०७९

सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ । शुक्रबार जारी मतदानमा झडप हुँदा मतदानस्थलमा तोडफोड गर्नुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको हो ।  

डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतपेटिका तोडफोड गरेका छन् । उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट पनि गरेका छन् ।  

कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचारको लागि राजविराजतर्फ पठाइएको छ भने घटनापछि मतदान कार्य स्थगित भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप