मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नारायणमान बिजुक्छेले गरे मतदान

शुक्रबार, ३० वैशाख २०७९, १३ : १८
शुक्रबार, ३० वैशाख २०७९

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका(५ स्थित श्री विद्यार्थी निकेतन मावि साकोठा  मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानका लागि उनी परिवारसहित गाडीमा आएका थिए । चालकसहित श्रीमती शोभा प्रधान, छोरा डा. सुवेग प्रधान गरी चार जनाको संख्यामा आएका उनीहरू मतदान गरेर ८ बजेर ५० मिनेटमा  फर्किएका थिए ।

भक्तपुर जिल्लाभरीमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । भक्तपुरमा चारवटा नगरपालिका भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक छन् । भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमिमा ४१ हजार आठ सय ४२, चाँगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन् ।

जिल्लाका चार वटा नगरपालिकाहरूमध्ये सबैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन् । यहाँ कुल ६२ वटा मतदान केन्द्रहरू छन् । सबैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँ ४६ वटा मतदान केन्द्रहरू छन् । चाँगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरू छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप