शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत, आराेपी पक्राउ

शुक्रबार, ३० वैशाख २०७९, १३ : १७
शुक्रबार, ३० वैशाख २०७९

तनुहँमा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका–४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप