बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा मतदान अधिकृत पक्राउ

शुक्रबार, ३० वैशाख २०७९, १३ : १०
शुक्रबार, ३० वैशाख २०७९

सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । 

पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु  गर्ने प्रयास भईरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो । पक्राउ परेका मतदान अधिकृत साहलाई प्रहरीले नियन्त्रणमा लिएको  छ  भने उक्त स्थानमा मतदान स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप