आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीमा मतदान उत्साहजनक

शुक्रबार, ३० वैशाख २०७९, १२ : ५८
शुक्रबार, ३० वैशाख २०७९

कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरूले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको बताए ।

बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उहाँको भनाइ थियो । जिल्लाका केही स्थानीय तहमा आजैदेखि  मतगणना सुरु गर्ने तयारी भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि ११ बजेबाट सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए ।

जिल्लामा १३ स्थानीय तहमध्ये सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याएपछि मतगणना सुरु हुने जनाइएको छ । केही दिनदेखि बढेको गर्मीले जनजीवनमा असर पारेकोमा गएराति भएको वर्षाले भने शीतलता भएपछि मतदातालाई मतदानस्थलसम्म पुगेर मतदान गर्न सहज भएको छ । निर्वाचनका लागि जिल्लाका कूल १३ स्थानीय तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ  ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप