मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः जीप दुर्घटनामा १३ जनाको मृत्यु, १२ जना घाइते

शुक्रबार, ३० वैशाख २०७९, १२ : ३२
शुक्रबार, ३० वैशाख २०७९

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो ।

यस्तै १२ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिए । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ ।

गम्भीर अवस्थामा रहेका १ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  जीपमा सवार अधिकांश मतदाता भएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप