बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भोट हालेपछि ओलीले भने–देश दुई दलीय प्रणालीतर्फ जाने देखियो

शुक्रबार, ३० वैशाख २०७९, १२ : ३०
शुक्रबार, ३० वैशाख २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताएका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिम सम्म प्रयास गरेको भन्दै त्यो असफल भएको बताए । देउवाले गरेको उक्त प्रस्तावबारे कसैसँग कुरा नगरेको भन्दै अहिले सार्वजनिक गरेको बताए । आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न नसकेको बताए । यो निर्वाचनमा अत्यन्तै अपेक्षित परिणाम आउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप