हाम्रो आकाशगंगामा रहेको ‘ब्ल्याक होल’को पहिलो तस्बिर सार्वजनिक
शुक्रबार, ३० वैशाख २०७९, १२ : ०३
हाम्रो आकाशगंगाको मध्य भागमा रहेको ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक भएको छ । साजिटेरियस ए नाम दिइएको यस ब्ल्याक होलको द्रव्यमान सूर्यभन्दा ४० लाख गुणा बढी रहेको बताइएको छ ।
तस्बिरमा ब्ल्याक होलको केन्द्रमा कालो भाग र त्यसको आसपासमा गुरुत्वाकर्षण शक्तिका कारण सिर्जित निकै तातो ग्यासको प्रकाश देख्न सकिन्छ । त्यसको आधार बुध ग्रहको कक्षजत्रो रहेको वैज्ञानिकहरूको भनाई छ । जुन ६ करोड किलोमिटर लामो हुन आउँछ ।
हाम्रो पृथ्वीभन्दा यो ब्ल्याक होल २६ हजार प्रकाश वर्ष टाढा रहेकाले हामीलाई यसबाट कुनै खतरा भने छैन । यो तस्बिरलाई इभेन्ट होराइजन टेलिस्कोप कोलाबोरेसन नामक अन्तर्राष्ट्रिय टोलीले कैद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?