बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पोर्टो रिकोनजिकै डुङ्गा पल्टिँदा एघारको जनाको मृत्यु

शुक्रबार, ३० वैशाख २०७९, ११ : ४५
शुक्रबार, ३० वैशाख २०७९

बिहीबार पोर्टो रिकोको तटमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटना भएको यस डुङ्गामा अज्ञात संख्यामा यात्रुहरु सवार रहेका समाचारमा जनाइएको छ । अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

३१ जनालाई जीवित उद्धार गरिएको तटीय गार्डले ट्वीटमार्फत जानकारी दिएका छन् ।  उद्धार गरिएका व्यक्तिहरुमा  ११ महिला र २० पुरुष रहेका जनाइएको छ  । एघार जना भने मृत्यु भएको छ । पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए ।

यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारणलगायत सवै विषयको अनुसन्धान जारी रेहको जनाइएको छ । पोर्टो रिको एक क्यारिबियन टापु र असंगठित अमेरिकी क्षेत्र हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप