बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

तनहुँमा २५ प्रतिशत मत खस्याे, सहारा लिएर मतदान गर्दै ज्येष्ठ नागरिक र अशक्तहरू (फोटोफिचर )

शुक्रबार, ३० वैशाख २०७९, ११ : ०७
शुक्रबार, ३० वैशाख २०७९

संघीयता कार्यान्वयनमा आएपछि शुक्रबार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तनहुँमा २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए ।  ‘अहिलेसम्म शान्तिपुर्ण र उत्साहजनक वातावरणमा मतदान भइरहेको छ’, उनले भने ।

बिहानैदेखि मतदान केन्द्रमा मतदाताको बाक्लाे उपस्थिति देखिन्छ ।  ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामीलाई लाइन नबसिकन मतदान गर्ने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामी पनि मतदानमा उत्साहजजनक रुपमा सहभागी भएर मतदान गरिरहेका छन् । लौराे, ह्विलचियर र आफन्तको सहयोग लिएर उनीहरू आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।

तनहुँको १० स्थानीय तहको ८५ वडामा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र छन् । दुई लाख ४४ हजार ३४० मतदाताले ४४४ जना जनप्रतिनिधि छान्दैछन् । मतदान सम्पन्न गराउनलाई २९७ मतदान अधिकृत, २९७ मतदान सहायक अधिकृत, ५९२ जना सहायक कर्मचारी, २९७ सहयोगी र ८९१ जना स्वयंसेवक खटिएका छन् ।

यस्तै सुरक्षाका लागि नेपाल प्रहरी ६०५, म्यादी प्रहरी एक हजार ५५, ३२४ जना शसस्त्र प्रहरी र ४२५ जना नेपाली सेना खटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप