सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले गरे मतदानस्थलको निरीक्षण

शुक्रबार, ३० वैशाख २०७९, ११ : ०५
शुक्रबार, ३० वैशाख २०७९

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरुको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेको छ । पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदानस्थलहरूको अनुगमन गरिरहेको हो ।

सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरुको टिमले त्यहाँको मतदान स्थल र मतदाताहरूको गुनासोका बारेमा सम्बोधन गर्न मतदान केन्द्रको निरीक्षण गरेको जनाएको छ । मतदान स्थलको अवलोकनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले अन्य स्थानहरु भन्दा मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा धेरै मतदाताहरूको उपस्थिति रहेको पाइएको बताए । धेरै मतदाताहरू भएकोले मतदान प्रक्रियामा ढिला भएको उनले बताए ।

मतदानका लागि ज्येष्ठ नागरिकहरुलाई धेरै समय लागेकोले पनि मतदान प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ । पर्यवेक्षक श्रेष्ठले केही मतदान केन्द्रमा मतदान गर्ने क्रममा ढिलाइ भइरहेको गुनासो मतदाताहरूले गरेको पनि बताए । उनले ज्येष्ठ नागरिकहरुलाई पहिला पालो दिँदा केही समय ढिला भएको भएपनि मतदान अधिकृतहरूले यस समस्यालाई चाँडै समाधान गर्ने बताएको जानकारी दिए । स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । निर्वाचनमा भयरहित र निष्पक्ष रुपमा सहभागी भइ मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप