
मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।
मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।
उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो सूचिमा क्रिस्टियानो रोनाल्डो रहेका छन् भने चौथोमा ब्राजिलियन स्टार नेयमार रहेका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ