शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा झडप, उम्मेदवार घाइते

शुक्रबार, ३० वैशाख २०७९, १० : १८
शुक्रबार, ३० वैशाख २०७९

ओखलढुंगाको चम्पादेवीमा मतदानका क्रममा काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् । 

चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा काँग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले जानकारी दिए ।

सो क्रममा वडाध्यक्षका काँग्रेसको तर्फबाट उम्मेदवार रहेका  सुजन पौडेल सामान्य घाइते भएको उनको भनाइ छ । मतदान केन्द्रभित्र झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाइ फायर  गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप