शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिस्पर्धी पार्टी छियाछिया भएको छ, काँग्रेस पहिलो बन्छ : गगन थापा

शुक्रबार, ३० वैशाख २०७९, ०९ : ४४
शुक्रबार, ३० वैशाख २०७९

नेपाली काँग्रेस महामन्त्री गगन थापाले काँग्रेस यो पटक पहिलो पार्टी बन्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनको मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले काँग्रेस पहिलो पार्टी बन्नेमा कुनै सन्देह नरहेको बताएका हुन् ।

 ‘नेपाली काँग्रेस यो पटक पहिलो पार्टी बन्नेमा कुनै सन्देह छैन । किनभने हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी छियाछिया भएको छ । एमाले टुक्रिएको छ’, थापाले भने, ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०/१२ हजारले पछि थियौँ ।’

पहिलो पार्टी बन्ने आधारहरू सुनाउँदै उनले अगाडि भने, ‘कही कही तालमेल पनि गरेका छौँ र पार्टी समेत एकढिक्का छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप