नवलपरासीमा ११० वर्षीय वृद्धद्वारा मतदान
नवलपरासी पश्चिममा निर्धारित समयदेखि नै २८३ मतदान केन्द्रबाट मतदान शुरु भएको छ। जिल्लाको ७ वटै पालिकाको २८३ मतदान केन्द्रबाट सहज वातावरणमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
जिल्लामा बिहान ८ बजे ३० मिनेटसम्म जिल्लाकै जेष्ठ नागरिक ११० बर्षिय सहासन धुनियाले पनि आफ्नो मतदान सुरक्षित गरेका छन् । उनी रामग्राम नगरपालिका वडा २४ भुस्नापुरका हुन्। यो समयसम्म १०० बर्ष भन्दा माथिको ४ जनाले मतदान गरेका छन्।
त्यस्तै रामग्राम १ सहुवाटिकरबाट १०७ बर्षिय शंकर यादब र उनकी श्रीमती सुनारेव यादब, सुस्ता गाउँपालिका ३ बाट १०५ बर्षिय चेतनारायण पौडेलले पनि उत्साहका साथ आफ्नो मतदान सुरक्षित गरेको प्रजिअ पोखरेलले जानकारी दिए । प्रजिअ पोख्रेलका अनुसार जिल्ला भारतीय सीमासँग जोडिएको जिल्ला रहेकाले यहाँ सुरक्षा ब्यवस्था कडा पारिएको र सहज वातावरणमा मतदान कार्य भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने