आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मतदानपछि पौडेलले भने– प्रशन्न छु, खुशी छु

शुक्रबार, ३० वैशाख २०७९, ०९ : २०
शुक्रबार, ३० वैशाख २०७९

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफुले चाहेका उम्मेदवारलाई मतदान गर्न पाएकोमा खुशी लागेको प्रतिक्रिया दिएका छन् । शुक्रबार स्थानीय तह निर्वाचन सदस्यमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदै नेता पौडेलले ‘निर्वाचन लोकतन्त्रको सुन्दरतम अभ्यास’, भएको बताए । 

उनले निर्वाचनबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहेको भन्दै जनता र जनप्रतिनिधिवीचको सम्बन्धलाई जीवन्त बनाएर देशलाई संविधानले परिकल्पना गरेबमोजिम विकास, सम्मृद्धि, न्याय र समाजवादतर्फ अघि बढाउन चाहेको बताए ।

 ‘म आफै पनि मतदाता भएर आफुले चाहेका प्रतिनिधिलाई मतदान गर्न पाएकोमा प्रशन्न छु, खुसी छु’, पौडेलको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप