प्रचण्डले भने- आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् ।
मौन अवधिमा मतदातालाई प्रभावित पारेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । तर, शुक्रबार प्रचण्डले स्पष्टीकरण सोधेको विषयमा जानकारी नआएको बताएका हुन् । आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’
आफूलाई आयोगले स्पष्टीकरण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८ घण्टे स्पष्टीकरणबारे थाहा छैन । सुनेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
-
सुकिला नोटको वितरण आजदेखि, नयाँ नोट ढुकुटीमै 'सिलप्याक'
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
-
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
-
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
-
‘आपत्तिजनक व्यवहार’का लागि मार्टिनेजलाई प्रतिबन्ध