बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भाेट हालेपछि ८८ वर्षीय खड्काले भने- गणतन्त्र आयाे, विकास आएन

शुक्रबार, ३० वैशाख २०७९, ०९ : ०९
शुक्रबार, ३० वैशाख २०७९

लामो सयमदेखि मतदान गर्दै आएका जेष्ठ नागरिकले पञ्चायतकालदेखि नै मतदान गर्दै आए पनि अवस्थामा परिवर्तन नआएको बताएका छन् । 

२०३६ सालको जनमत सग्रहदेखि नै आफूहरुले मतदान गर्ने गरेको भए पनि अहिले कुनै परिवर्तन नआएको मतदान गर्नु अघि लाइनमा बसेका कालिकोट पचालझरना गाउँपालिकाका-१ सिकुँ ८८ वर्षीय धन्नाम खड्काले बताए ।

‘मैले २०३६ सालमा बहुदललाई मतदान गरेको हुँ,’ उनले भने,‘अहिलेसम्म देशमा देशमा गणतन्त्र आएको भए पनि विकास र समृद्धि आएको छैन ।’ जो सुकै नेतृत्वमा आएपनि आफन्त र नातेदार हेर्ने चलन रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप