शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

शुक्रबार, ३० वैशाख २०७९, ०८ : १५
शुक्रबार, ३० वैशाख २०७९

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका– ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले पशुपति केन्द्रबाट बिहान ७ : ३० बजे मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडी आफ्नो गाउँ पुगेका थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप