शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिनिसियसको ह्याट्रिकमा रियलको गोल वर्षा

शुक्रबार, ३० वैशाख २०७९, ०७ : १५
शुक्रबार, ३० वैशाख २०७९

युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ६-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा भिनिसियसले ह्याटि्रक गर्दा फर्लान्ड मेन्डी, करिम बेन्जेमा र रोड्रिगोले  १-१  गोल गरे ।

यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले ला लिगाको समेत उपाधि जितिसकेको छ । रियल म्यड्रिड ४६ खेलबाट ८४ अंक सहित शीर्ष स्थानमा छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप