शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा एकाबिहानै शंकास्पद वस्तु फेला

शुक्रबार, ३० वैशाख २०७९, ०६ : ४२
शुक्रबार, ३० वैशाख २०७९

मकवानपुरको कामानेमा शंकास्पद वस्तु फेला परेको छ । स्थानीय तह निर्वाचनको बिहानै हेटौंडाको कमानेमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमनास्थित कमाने फाएरलाईनमा उक्त शंकास्पद बस्तु देखा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । 

शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै सो क्षेत्रलाई शिल गरिएको उनले बताए । उक्त शंकास्पद वस्तु डिस्पोजको तयारी भइरहेको उनले बताए । सो शंकास्पद वस्तु डिस्पोजको लागि नेपाली सेनाको टोलीलाई बोलाइएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप