पत्रपत्रिकाबाट
मतपत्र च्यात्न नदिन विशेष सुरक्षा
शुक्रबार, ३० वैशाख २०७९, ०६ : ३१
चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।
'मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामरासहित जाली लगाइएको छ' उनले भने, 'यसपटक मतपत्र च्यात्न दिइने छैन ।' भरतपुर महानगरमा चितवन उद्योग संघ प्रदर्शनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिलो तला, रत्ननगरमा नगरपालिकाको दोस्रो तला, खैरहनीमा खैरहनी मावि, कालिकामा नगरपालिका भवननजिकैको आमा सञ्जालको भवन, राप्तीमा भण्डारा मावि, इच्छाकामनामा गाउँपालिकाको भवनमा गणना स्थल तोकिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले स्थलगत भ्रमण गर्ने
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित