स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरूको तर्क छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ७.२८ प्रतिशतले रहेको उल्लेख छ, जुन अघिल्लो महिनाको भन्दा पनि बढी हो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा ७.१४ प्रतिशतले मूल्यवृद्धि भएको थियो । विभिन्न कारणले अहिले नै बढिरहेको मुद्रास्फीतिलाई चुनावले थप प्रभावित बनाउने अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन्। "चुनाव र चुनावी खर्चले मानिसहरूको वस्तु तथा सेवाको माग बढाउँछ । त्यसले मूल्यमा थप चाप पर्ने देखिन्छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा दुई अङ्कको आर्थिक वृद्धि हुने अनुमान गर्न सकिन्छ,” उनले भने । यसले गरिब तथा विपन्न नागरिकहरूमा ठूलो समस्या सिर्जना गर्ने उनको तर्क छ। साथै चुनावमा भएको खर्चले आयात बढाउँदा भुक्तानी सन्तुलनमा समेत चाप पर्ने खनाल बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही