बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सही तरिकाले कसरी गर्ने मतदान ? (भिडियोसहित)

शुक्रबार, ३० वैशाख २०७९, ०६ : १९
शुक्रबार, ३० वैशाख २०७९

आज स्थानीय तहको निर्वाचन । यस वर्ष विभिन्न दल बीच गठबन्धन हुँदा मतदाताले फरक–फरक उम्मेदवारका लागि फरक–फरक चुनाव चिन्ह छनोट गर्नुपर्ने बाध्यता रहेको छ । साथै थुप्रै स्थानमा स्वतन्त्र उम्मेदवारहरू पनि रहेका कारण यस बारेमा बढी चासो बढेको पाइन्छ ।

आसन्न निर्वाचन आयोगले दुई ढाँचाका मत पत्रको व्यवस्था गरेको छ । आयोगका सूचना अधिकारी एवम् सह प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार पहिलो ढाँचा वाला मतपत्र जुन एक पेजमा ठाडो लहरमा क्रमशः ठूला दलहरूको त्यसपछि साना दल र स्वतन्त्र उम्मेदवारहरूको निर्वाचन चिन्ह राखेर तयार गरिएको छ । स्थानीय तहका लागि आवश्यक प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई खुल्ला गरी सात जना निर्वाचित गर्नु पर्ने हुन्छ । सोही बमोजिम आयोगले पहिलो ढाँचाको मत पत्र ३६ वटा जिल्लाका लागि तयार गरेको छ । 

यस्तै दोस्रो ढाँचाको मत पत्र बाँकी ४१ जिल्लाका लागि एकै पेजको दुई खण्डमा तयार गरिएको छ । उक्त मतपत्र पनि दायाँ र बायाँ खण्डमा गरी क्रमशः ठूला दलहरूको त्यसपछि साना दल र स्वतन्त्र उम्मेदवारहरूको निर्वाचन चिन्ह राखेर तयार गरिएको छ ।

हरेक मतदाताले आफूलाई मन मरेको उम्मेदवारलाई छनौट गरी एक पद एक स्वस्तिक छापको प्रयोग गर्न आग्रह गरेको छ । यस्तै मतदान पछि स्वस्तिक छापको मसी अन्य चुनाव चिन्ह वा अन्यत्र नलत्पतियोस् भनेर सावधानीपूर्वक पट्याएर मतपेटिकामा आफ्नो अमूल्य मत खसाल्न पनि आयोगले आग्रह गरेको छ । मतदातालाई सही तरिकाले कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी दिन आयोगका सूचना अधिकारी एवम् सहप्रवक्ता सूर्यप्रसाद अर्यालको सहयोगमा रातोपाटीले तयार भिडियो रिपोर्ट :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप