बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने

बिहीबार, २९ वैशाख २०७९, २२ : ५५
बिहीबार, २९ वैशाख २०७९

स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएका छन् । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहिबार जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने उल्लेख छ । 

अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप