बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उडिरहेको विमानमा पाइलट बेहोस भएपछि यात्रुले सकुशल विमान अवतरण गरे

बिहीबार, २९ वैशाख २०७९, २१ : ४६
बिहीबार, २९ वैशाख २०७९

अमेरिकी मिडियाहरू अहिले उडिरहेको विमानको पाइलट बेहोस भएपछि पनि सकुशल अवतरण गराउने एक जना यात्रु खोजिरहेका छन् । उडान रेकर्डिङमा ती अज्ञात यात्रुले विमान अवतरण गर्न सहयोग मागेको आवाज रेकर्ड भएको छ । उनले एयर ट्राफिक कन्ट्रोलसँग विमान कसरी रोक्ने थाहा नभएको बताए सुनिन्छ।  

ती व्यक्तिलाई एक जना एयर ट्राफिक कन्ट्रोलरले मार्गदर्शन गरेका थिए। मार्ग निर्देशनकै आधारमा ती व्यक्तिले मंगलबार पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराए। एयर ट्राफिक कन्ट्रोलरले वास्तवमा नयाँ पाइलटहरूलाई तालिम दिने काम पनि गर्छन् । तिनको अनुभव यस पटक विमानलाई सुरक्षित रूपमा अवतरण गराउन काममा आयो।

विमान विमानस्थलमा अवतरण गरेपछि एयर ट्राफिक नियन्त्रक र विमानलाई अवतरण गराउने यात्रु विमानस्थलमा भेटेर अँगालो हाले । तिनले एक अर्काको नाम बताउन बिर्सिए। ‘यहाँको स्थिति निकै गम्भीर छ। मेरो पाइलट बेहोस भएका छन्, उनी केही गर्न नसक्ने अवस्थामा छन्,’ ती यात्रुले नौ हजार फिटको उचाइबाट रेडियो सिग्नलमार्फत एयर ट्राफिक कन्ट्रोललाई यस्तो भनेपछि विमान अवतरणको सङ्घर्ष सुरु भएको थियो । 

एटीएफले यात्रुलाई उनको अवस्थिति बताउन भन्दा तिनले ‘मलाई केहि थाहा छैन’ भन्ने जवाफ दिए। उनले आफूले अगाडि फ्लोरिडाको तट मात्र देखेको बताएका थिए। उनले यसो भनेपछि हवाई ट्राफिक कन्ट्रोलरले पखेटाको स्तर कायम राखेर तटको छेउछेउ भएर उत्तर वा दक्षिणतर्फ उड्न भने । ‘हामी तपाईको अवस्थिति भेट्टाउने प्रयास गर्दैछौं,’ रेडियो एटीएफले भने । 
 
एटीएफसँगको कुराकानीको एक बिन्दुमा विमान उडाउने प्रयास गरिरहेका यात्रुले भने,‘ म नेभिगेसन स्क्रिनमा देखिएको सूचना केही बुझ्न सक्दिन। तपाईँले मलाई केही मद्दत गर्न सक्नुहुन्छ ?’

पाम बीच इन्टरनेशनल एयरपोर्ट एयर ट्राफिक कन्ट्रोलर रोबर्ट मोर्गन त्यसबेला ब्रेकमा थिए जब एक सहकर्मीले उनलाई यसबारे जानकारी दिए ।

रोबर्ट लामो समय उडान प्रशिक्षकको अनुभव भएका एयर ट्राफिक कन्ट्रोलर हुन्। एयर ट्राफिक नियन्त्रणमा २० वर्षको अनुभव छ। तर, उनीसँग यो सिङ्गल इन्जिन भएको सेस्ना–२०८ विमान उडाउने अनुभव थिएन । तथापि उनले विमानको ककपिटको नक्सा हेरेर विमान उडाउनलाई निर्देशन दिन सक्थे ।

रेकर्डिङमा, रोबर्ट मोर्गनले मानिसलाई अवतरण गर्ने क्रममा ‘नियन्त्रण नगुमाउनुस् र बिस्तारै विमानलाई तल झार्नुस्’ भनेको सुन्न सकिन्छ। ​मोर्गन त्यस बेलाको सम्झना गर्दै भन्छन् ,‘  निर्देशनकै बीच उनले त विमान अवतरण गरिसके छन्। विमानलाई अब कसरी बन्द गरूँ भन्ने प्रश्न आयो ?’ 

विमान रोकिएपछि ती यात्रु र रोबर्ट मोर्गनले रनवेमा भेटे। उनीहरुले एकअर्कालाई अँगालो हाले । फोटो पनि खिचे । तर खुसीको माहौलमा मोर्गनले तिनको नाम सोध्न बिर्सिए । रेडियोमा भएको कुराकानीमा ती यात्रुको नाम रेकर्ड छैन ।

’ भावनात्मक क्षण ’

रोबर्ट मोर्गनले पछि सीएनएनसँगको कुराकानीमा भने ,‘ती यात्रुलाई भेटेपछि मलाई यति भावुक महसुस भएको थियो की मलाई रोउँ रोउँ महसुस भएको थियो । ती यात्रुले घर गएर आफ्नी गर्भवती श्रीमतीलाई भेट्न चाहेको बताए । त्यसपछि त मलाई झन् एक खालको राहतको महसुस भयो । उनी मेरो नजरमा नायक थिए। मैले त ट्राफिक कन्ट्रोलमा बसेर आफूले गर्ने काम गरिरहेको थिएँ ।’

विमान अवतरणपछिको रेकर्डिङमा रोबर्ट मोर्गनले यात्रुको उपलब्धि विमानका पाइलटहरूलाई सुनाइरहेको सुनिन्छ। अमेरिकी फेडरल एभियसन एड्मिनिस्ट्रेसन(संघीय उड्डयन प्रशासन)ले सो विमान कनेक्टिकटको निजी स्वामित्वमा रहेको पाएको छ। उसले यो घटनाको छानबिन सुरु गरेको छ। 

फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार विमान एक घण्टाअघि बहामासको मार्स आइल्याण्डबाट उडेको थियो।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप