शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस

बिहीबार, २९ वैशाख २०७९, २१ : २७
बिहीबार, २९ वैशाख २०७९

नर्सिङ्ग क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले एक औपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ ।

कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिीनिकल सर्भिसका प्रमुख प्रा.डा. निलमणी उपाध्याय, मेडिकल सुपरिन्टेन्डेन्ट डा. जयेन्द्र बज्राचार्य र नर्सिङ्ग सेवाकि प्रमुख कोपिला श्रेष्ठ पालीखेको उपस्थितिमा नर्सहरुमा सम्मान प्रकट गर्दै थप हौसला बढाउनका लागी विभिन्न विषयमा चर्चा गरिएको थियो भने साँस्कृतिक कार्यक्रमपनि आयोजना गरिएको थियो । 

कार्यक्रममा नर्सहरुले नेपाल मेडिसिटी अस्पताल जस्तो अन्तराष्ट्रिय स्तरको बहुआयमिक सेवा प्रदान गर्न र अत्याधुनिक प्रविधिमैत्री वातावरणमा काम गर्न पाएकोमा सुखद् अनुभव साटेको छन् । त्यस्तै, अस्पताल व्यवस्थापनका तर्पmबाट प्रा. डा नीलमणी उपाध्यायले नर्सहरु बिरामीहरूसँग सबैभन्दा नजिक रहेर उपचार सेवा प्रदान गर्ने सेवा प्रवाहक रहेको र उनीहरुको सुरक्षा र प्रबद्र्घन गर्न अस्पताल सधै क्रियाशील रहेको प्रतिक्रिया  दिइन् । 

नर्सिङ्ग सेवाकी प्रमुख कोपिला श्रेष्ठ पालीखेले नर्सिङ्ग पेशा एक पवित्र र सेवाभावले पूर्ण पेशा रहेकाले यसको संरक्षण एवम् प्रवर्द्धन आवश्यक रहेको बताइन् । आधुनिक नर्सिङ्गकि पहलकर्ता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२ का दिनलाई अन्तराष्ट्रिय नर्स दिवसका रुपमा मनाइँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप