शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

निर्भयतापूर्वक मतदान गर्न गृहमन्त्रीको अपिल

बिहीबार, २९ वैशाख २०७९, २१ : ०४
बिहीबार, २९ वैशाख २०७९

गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न अपिल गरेका छन् ।  आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न बिहीबार उनले अपिल गरेका हुन् । भोलि स्थानीय तह निर्वाचन हुँदै छ। 

स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले अपीलमा उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म  शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्‍याउन निर्वाचनमा सक्रियरूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु’ उनले भनेका छन् । मतदाताको अभिमतले देश र देशवासीको समृद्धिमा सहयोग पुर्‍याउने उनले विश्वास लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप