आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा अध्यक्षले आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाहीको माग

बिहीबार, २९ वैशाख २०७९, २० : ३४
बिहीबार, २९ वैशाख २०७९

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पर्वतका राजनीतिक दलहरुले कारवाहीको माग गरेका छन् ।

उनीहरुले अध्यक्ष तिमिल्सनाले मौन अवधिमा एमालेको आन्तरिक बैठक, प्रशिक्षण गर्ने, एमालेको विपक्षमा रहेका नेता कार्यकर्तालाई भौतिक र फोनबाट धम्क्याउने,सरकारी सुविधाको दुरुपयोग गर्ने तथा मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई बोलाएर एमालेको पक्षमा माहोल बनाउन आदेश दिने गरेर पदीय मर्यादाको समेत अपमान गरेको भन्दै कारवाहीको माग गरेका हुन् । 

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन कार्यालय पर्वतमार्फत निर्वाचन आयोगसमक्ष विशेष अध्यक्ष तिमिल्सनालाई स्पष्टिकरण सोध्न र कानुनी कारवाही प्रक्रिया अघि बढाउन अपील गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप