भरतपुरमा स्थानीय निर्वाचनका लागि तयारी पूरा
![भरतपुरमा स्थानीय निर्वाचनका लागि तयारी पूरा](https://rpcdn.ratopati.com/media/albums/bharatpur_mahanagar_iR5RmryItC.jpg)
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ । बिहीवार मतदान स्थल र निर्वाचन केन्द्रहरुको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताए ।
उनले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिए । सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु सम्पन्न गरेको बताए ।
उनले मतदान स्थलको सबै क्षेत्र सिसिटिभीको निगरानीमा रहने र त्यो क्षेत्रलाई निर्वाचन आयोगले निगरानी गर्नेगरी व्यवस्था गरिएको बताए ।
उनले २ वटा सिसिटिभी क्यामेराले २४ सै घण्टा मतपत्र भण्डारण कक्षलाई निगरानीमा राखेको र त्यो कक्षको डिस्प्लेमार्फत प्रतिनिधिहरूलाई देखाउने पनि व्यवस्था गरेको बताए ।
सूचना अधिकारी पौड्यालले भरतपुर महानगरपालिकाको मतपत्र मतगणना कार्य चितवन उद्योग संघको ब्लक सीको क्षेत्रमा हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य
-
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा
-
काठमाडौँ महानगरपालिकाका प्रमुखको इजलासबाट ८०.०६ प्रतिशत विवाद निरूपण
-
भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो
-
बक्स अफिसमा राम्रो कमाइ गर्दै रि-रिलिज गरिएको ‘सनम तेरी कसम’