बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा स्थानीय निर्वाचनका लागि तयारी पूरा

बिहीबार, २९ वैशाख २०७९, १९ : ०७
बिहीबार, २९ वैशाख २०७९

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ । बिहीवार मतदान स्थल र निर्वाचन केन्द्रहरुको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताए । 

उनले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिए । सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु सम्पन्न गरेको बताए । 

उनले मतदान स्थलको सबै क्षेत्र सिसिटिभीको निगरानीमा रहने र त्यो क्षेत्रलाई निर्वाचन आयोगले निगरानी गर्नेगरी व्यवस्था गरिएको बताए । 

उनले २ वटा सिसिटिभी क्यामेराले २४ सै घण्टा मतपत्र भण्डारण कक्षलाई निगरानीमा राखेको र त्यो कक्षको डिस्प्लेमार्फत प्रतिनिधिहरूलाई देखाउने पनि व्यवस्था गरेको बताए ।

सूचना अधिकारी पौड्यालले भरतपुर महानगरपालिकाको मतपत्र मतगणना कार्य चितवन उद्योग संघको ब्लक सीको क्षेत्रमा हुने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप