शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा चुनावी रौनक : आयोगको तयारी पुरा, मतदाता उत्साहित (तस्बिरहरु)

बिहीबार, २९ वैशाख २०७९, १९ : ०५
बिहीबार, २९ वैशाख २०७९

भोलि हुने स्थानीय तहको निर्वाचनको मतदान गर्न  बुटवलका मतदाता तीव्र प्रतीक्षामा रहेका छन् ।  बुटवल-८ को  सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रमा आज दिउँसो मतदाता परिचय पत्र लिन आएका  रमेश  खनालले आफू मतदानका लागि उत्साहित भएका रातोपाटीलाई बताए । 

यता जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा गरेको जनाएको छ । रुपन्देहीमा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको व्यवस्थापन भएको  रातोपाटीलाई बताए ।

यस अघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० मतदान केन्द्र थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थपेर एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको छ  । बुटवल उपमहानगरपालिकामा मात्रै २३ हजार बढी नयाँ मतदाता थपिएका छन् । बुटवल-४ स्थित मतदान केन्द्र निर्वाचन अधिकृत सीता  घिमिरेले  भोलि हुने निर्वाचनमा  यदि पानी परेको खण्डमा मतपत्र सुरक्षित गर्ने उपाय अपनाइएको र मतदाताहरूको लाइनमा पनि  त्रिपाल टाँगेर सुरक्षित गरिएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप