लालझाडीको वडाध्यक्षका उम्मेदवार रानामाथि हमला गर्ने एमाले कार्यकर्ताविरुद्ध किटानी जाहेरी
कञ्चनपुरको लालझाडी गाँउपालिका १ वडाध्यक्षका उम्मेदवार दिनेश रानामाथि ज्यान लिने गरी साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्ता विरुद्ध प्रहरीमा किटानी दिइएको छ । नेकपा माओवादी केन्द्र लालझाडीले आफ्ना वडाध्यक्षका उम्मेदवार रानामाथि बिनवारी गाउँमा ज्यान लिने गरी साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्ता विरुद्धमा किटानी जाहेरी दिएको हो ।
रानामाथि हमला गर्ने एमाले नेता कार्यकर्ता प्रकाश राना, किशोर जोशी, नरेश राना, प्रतिम राना, सोहन राना, दिनेश राना, बलदेव राना, सन्तराम राना कर्ण ब. बडायक, पदम भण्डारी, करन चौधरी, चक्र्र ब. भण्डारी, नन्दलाल राना, डबल बहादुर भण्डारी सहित ४५ जना नेता कार्यकर्ताका नाममा किटानी दिएको माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुर प्रहरीले वडाध्यक्षका उम्मेदवार रानामाथि हमला गर्नेहरु भागेकाले खोजीकार्य भएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले रानामाथि कुटपिट गर्नेहरुको खोजि कार्य जारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते