बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केही मानिस सार्वजनिक स्थलमा किन पोर्न हेर्न थाल्छन् ?

बिहीबार, २९ वैशाख २०७९, १७ : ३१
बिहीबार, २९ वैशाख २०७९

ब्राउनवेन रीड बेलायतको सार्वजनिक पुस्तकालयमा बसिरहेकी थिइन् र त्यहाँ अन्य विद्यार्थीहरू जस्तै उनी अध्ययन गर्न चाहन्थिन् । तर उनले असहज दृश्यको सामना गर्नुपर्यो । एकजना मानिस पुस्तकालयको कम्प्युटरमा पोर्न हेर्दै थिए ।

रेडियो वन न्यूजबीटसँग कुरा गर्दै उनी भन्छिन्, ‘म स्तब्ध र स्तब्ध भएँ । अब के गर्ने भन्ने मलाई केही थाहा थिएन ।’

म्यानचेस्टरकी २१ वर्षीया रीडले यो एक पटकको घटना होला भनेर सोचिन् तर केही हप्तापछि उनले उही व्यक्तिलाई पुनः कम्प्युटरमा पोर्न हेरिरहेको देखिन् ।

ब्राउनवेन रीडले जस्तै, अरूले पनि बस, रेल र पुस्तकालयहरू जस्ता सार्वजनिक स्थानहरूमा पोर्न हेरेको घटनाबारे बोलेका छन् ।

हालै कन्जर्भेटिभ पार्टीका एक सांसदले आफ्नो फोनमा पोर्न हेरिरहेको भेटिएपछि उनले राजीनामा दिनुपरेको थियो ।

यद्यपि, बीबीसीसँगको कुराकानीमा उनले यो घटना ट्रेक्टर वेबसाइट खोज्ने बेला भएको गल्ती बताएका थिए र पोर्न हेर्ने मनसाय नभएको बताएका थिए ।

बेलायतमा मिडियाको अनुगमन गर्ने संस्था अफकमका अनुसार बेलायतमा करिब आधा वयस्क जनसंख्याले पोर्न हेर्ने गर्छन् ।

मानिसहरूले व्यक्तिगत रूपमा नभई सार्वजनिक स्थानहरूमा पोर्न किन हेर्छन् भन्ने बुझ्नको लागि, हामीले लाउरेल सेन्टरमा पोर्नोेग्राफी र यौनको लतमा काम गर्ने मनोचिकित्सक डा. पाउला हलसँग कुरा गर्यौँ ।

डा. पाउला हलले यसको एउटा कारण भनेको मानिसहरुको पोर्नको लत हुनसक्ने बताएकी छिन् ।

न्युजबिटसँग कुरा गर्दै उनी भन्छिन्, ‘मानिसहरु कुनै कुराको लतमा पर्छन् भने उनीहरुले आफूमाथिको नियन्त्रण गुमाउँछन् भन्नेकुरा हामीलाई थाहा छ ।’

चाहे त्यो मदिराको लत होस् वा जुवाको, आफूलाई नियन्त्रण गर्न निकै गाह्रो हुन्छ ।

उनी यसबारे सम्झाउँदै भन्छिन्, ‘उनीहरुको ‘पोर्न हेर्ने चाहना र आवश्यकता’ यति धेरै हुन्छ कि उनीहरुले आफूले आफैँलाई ‘म घर गएर पछि हेर्छु’ भन्ने सक्ने अवस्था नै हुँदैन ।’

जब एक व्यक्ति कुनै चीजको लतमा हुन्छ, तब उनीहरुको ‘मस्तिष्कको सोच्ने भाग अक्सर अफलाइन हुने गर्छ ।’

क्यालम सिंगलटनले ग्लासगोमा बस यात्राको क्रममा एक व्यक्तिले आफ्नो फोनमा पोर्न स्क्रोल गरिरहेको देखेका थिए ।

यो देखेर १९ वर्षीय क्यालम असहज मात्रै भएनन्, सार्वजनिक स्थानमा कसैले यस्तो कसरी गर्न सक्छ भन्ने सोचमग्नमा पनि परे ।

क्यालम भन्छिन्, ‘यस्तो लाग्छ कि यो एउटा व्यापक मुद्दा हो.... यो उनीहरुको दैनिक जीवनको हिस्सा हो.... तर यस्तो हुनु हुँदैन ।’

डा. हलका अनुसार जो व्यक्ति सार्वजनिक स्थानमा पोर्न हेर्छन् उनीहरु आफूबारे जागरुक नभएको पनि हुनसक्छ ।

‘उनीहरुले ईबे वा फेसबुकजस्ता वेबसाइटलाई स्क्रोल गरिरहेका हुनसक्छन् र केही मिनेटमा नै उनीहरुले केही लिंक पाएका हुनसक्छन् र उनीहरु पोर्नोग्राफीमा पुगेको हुनसक्छन् ।’

उनी भन्छिन्, ‘मूलधारको संस्कृतिमा पोर्नोग्राफीको सामान्यीकरण भएको छ र यसबाट मानिसहरु प्रभावित भएको हुनसक्छन् ।’

उनी भन्छिन्, ‘अब पोर्नोग्राफी जताततै छ, केही वर्षयता यसले धेरै व्यापकता पाएको छ । र पोर्न के हो र के होइन भन्ने भेद पनि मेटिएको छ ।’  

हल भन्छिन्, ‘पोर्न हेदा कतिपय मानिसहरूले आफ्ना वरिपरिका सबैले पोर्न त हेरिहाल्छन् नि भन्ने सोच्दा होलान् । पोर्नको अब सामान्यकरण जस्तै भएको छ ।

डा. हलका अनुसार केही पुरुष यस्ता पनि छन् जसको संख्या धेरै त छैन, जसलाई लाग्छ कि सार्वजनिक स्थानमा पोर्न हेरेर उनीहरु आफ्नो शक्तिको प्रदर्शन गरिरहेका छन् ।’

एउटा बानीः

डा. हल भन्छिन्, ‘यदि कसैले कम उमेरमा पोर्न हेर्न थालेको छ भने यसको पनि असर पनि पर्न सक्छ ।’

‘यो लगभग हरेक प्रकारको व्यवहारमा लागू हुन्छ । हामी कतिको उमेरमा केही गर्न सुरु गर्न थाल्छौँ त्यसले हामी कत्तिको गहिरो रुपमा त्यसको लतमा फसेका छौँ भन्ने कुरालाई असर गर्छ ।’

र यदि तपाईंले यो एउटा खराब बानी हो वा लत हो भन्ने स्वीकार गर्न सकिँदैन भने त्यसबाट छुटकारा पाउन पनि थप मुश्किल हुन्छ ।

‘यदि उनीहरूले सानै उमेरदेखि पोर्न हेर्न थाल्छन् भने कतै न कतै यो एक तरिकाले अटोम्याटिक हुने गर्छ ।’

ब्राउनबेन विश्वास गर्छन् कि यो चिन्ताजनक छ किनभने सार्वजनिक स्थान सबैका लागि सुरक्षित हुनुपर्छ ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि सबैले सार्वजनिक स्थानहरूमा सहज र सुरक्षित महसुस गर्न सकून् । तर यो सधैं यस्तो हुन सक्दैन । ’

‘केही मानिसहरूका लागि यो असाध्यै असहज र समस्याको कारण पनि हुनसक्छ ।’

डा. हल भन्छिन्,  ‘आत्म–जागरूकताको कमी पनि यसको एउटा कारण हो, अरू मानिसहरू यसबाट कति असहज हुन सक्छन् भन्ने थाहा नहुनु पनि अर्को कारण हो ।’

‘उनीहरु सायद यो कुरा बिर्सन्छन् कि अन्य मानिसहरुका लागि यो असाध्यै घृणास्पद छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप