शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले गौर र झलनाथले सुर्योदयबाट मतदान गर्ने

बिहीबार, २९ वैशाख २०७९, १७ : २६
बिहीबार, २९ वैशाख २०७९

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

यसैगरी इलामको सुर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप