
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हाे ।
बुधबार नेप्से ५६ अंकले बढेको थियो । बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । ५२ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा बुधबार ५३ लाख ३३ हजार एक सय नौ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो । आइतबारदेखि बुधबारसम्म एक सय ३० ले बढेको सेयर बजार स्थानीय चुनावको अघिल्लो दिन केही घटेको हो ।
बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ७ अंकले घटेर ४ सय ५४ अंकमा आइपुगेको छ । सेयर बजारमा एक सय ७५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ४१ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । बिहीबार नेप्सेमा म्यान्युफक्चर सेक्टर र अन्य सेक्टरबाहेक सबै सेक्टरका सेयरधनीले नोक्सानी व्यहोरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ