रघुवीर र जुली महतोले आक्रमण गर्न गुण्डा पठाउनुभयो : अध्यक्ष अन्सारी
मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले चरित्र हत्या गर्ने उदेश्यले आफूमाथि जनकपुरमा विभिन्न आरोप र आक्रमणको प्रयास भएको बताएका छन् । अन्सारीलाई जनकपुरमा बुधबार बिहान निर्वाचन प्रभावित पार्न पैसा बाँडेको आरोप लगाउँदै एमालेकै कार्यकर्ताले आक्रमण प्रयास गरेका थिए ।
बिहीबार जनकपुरबाट काठमाडौं आउन लागेका अन्सारीलाई उनी बसेको होटलमा पुगेर एमालेका कार्यकर्ताले आक्रमण प्रयासका साथै नाराबाजी गरेको अध्यक्ष अन्सारीले पत्रकार सम्मेलन गरी जानकारी गराए । ‘म माथि आक्रमण गर्न नेकपा एमाले नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा जुली महतो र रघुवीर महासेठले मान्छे पठाउनुभयो’, पत्रकार सम्मेलनमा अन्सारीले भने, ‘एमाले पार्टीको इशारामा मेरो चरित्रहत्या गर्ने प्रयास भयो ।’
उनले आफूमाथि यसरी गम्भीर आरोप लगाउने र चरित्र हत्या गर्नेलाई कारवाही गर्न माग समेत गरे । ‘कुनै प्रमाणबिना मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ । यसप्रति म अत्यन्त दुखित छु’, उनले भने, ‘नेपाल सरकार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्न चाहान्छु म मेरो चरित्र हत्या गर्ने दोषीमाथि कारवाही हुनुपर्छ ।’
अध्यक्ष अन्सारीले आफू संवैधानिक निकायको प्रमुख भएकाले आफू आफ्नो दायित्व पुरा गरिरहेको भन्दै आफ्नो कुनै पार्टीलाई हराउने जिताउने उदेश्य नरहेको बताए । ‘इदको कार्यक्रममा म जनकपुर गएको हो र आज साढे १२ बजे काठमाडौं फर्किने कार्यक्रम थियो । त्यही क्रममा म बसेको होटलमा १५,२० जना गुण्डाहरू होटलमा प्रवेश गर्नुभयो । आक्रमण गर्ने प्रयास गर्नुभयो, नाराबाजी गर्नुभयो । पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो’, अध्यक्ष अन्सारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा