१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
बिहीबार, २९ वैशाख २०७९, १६ : ३७
दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।
सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा पेश गरेको छ । उनलाई निर्वाचन कसुरअन्तरगत कारबाही चलाउन प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
