१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
बिहीबार, २९ वैशाख २०७९, १६ : ३७
![१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ](https://rpcdn.ratopati.com/media/albums/Election-Commission-Voters-IDCard_fNL2XAB8K7.jpg)
दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।
सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा पेश गरेको छ । उनलाई निर्वाचन कसुरअन्तरगत कारबाही चलाउन प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा