मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
बिहीबार, २९ वैशाख २०७९, १६ : २६
![मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो](https://rpcdn.ratopati.com/media/albums/shindhupalchok1_ahJ8WctGki.jpg)
निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको खुट्टामा ढोगेर भोट मागेको फोटोसहितको समाचार प्रकाशित भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।
तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले उनलाई सचेत गराउने निर्णय गरेको हो। ‘निजले पेश गरेको स्पष्टीकरण वस्तुगत आधारको नभइ चित्त बुझ्दो नभएको र निजले आचारसंहिता उलंघन गरेको ठहरेकाले निजलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ विपरित भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन निर्देशन दिइ सचेत गराउने निर्णय भएको छ’, आयोगले भनेकोे छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा