मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
बिहीबार, २९ वैशाख २०७९, १६ : २६
निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको खुट्टामा ढोगेर भोट मागेको फोटोसहितको समाचार प्रकाशित भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।
तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले उनलाई सचेत गराउने निर्णय गरेको हो। ‘निजले पेश गरेको स्पष्टीकरण वस्तुगत आधारको नभइ चित्त बुझ्दो नभएको र निजले आचारसंहिता उलंघन गरेको ठहरेकाले निजलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ विपरित भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन निर्देशन दिइ सचेत गराउने निर्णय भएको छ’, आयोगले भनेकोे छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
