सफा हिमाल अभियान टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण
बिहीबार, २९ वैशाख २०७९, १६ : ०४
‘सफा हिमाल अभियान २०२२’ टोलीले सगरमाथा र ल्होत्से हिमालको आरोहण गरेको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पूर्वानुमानलाई मध्यनजर गरि नेपाली सेनाका सदस्यहरुले उक्त हिमालहरु आरोहण गर्ने योजना अनुरुप बिहीबार सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।
यस्तै नेपाली सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आजै ल्होत्से हिमालको सफलतापूर्वक आरोहण सम्पन्न गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?
-
‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ
-
धनगढीमा श्रीमदभागवत सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
-
भन्सार नाका अस्तव्यस्त अवस्थामा छन् : सांसद गिरी