मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

बिहीबार, २९ वैशाख २०७९, १६ : ०१
बिहीबार, २९ वैशाख २०७९

मुगुको सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।  

उनका अनुसार भिँई गाउँ भिरालोमा रहेको र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकोला रोकायाको घरमा काँग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको छ । झडपबाट मानवीय क्षति भने भएको छैन । अहिले दुवै पक्ष छलफल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप