आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डसहित बहालवाला तीन मन्त्रीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

निर्वाचन अधिकृत भन्छन्, ‘भिडियोमा प्रचण्ड बाटोमा हिँडिरहेको मात्र देखिन्छ, अरु प्रमाण राखिएको छैन’
बिहीबार, २९ वैशाख २०७९, १५ : ५३
बिहीबार, २९ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता-०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उनीहरू विरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।

महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ । मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता प्रभावित गर्न सक्रिय बनेको उजुरीकर्ताको आरोप छ   । बुधबार स्थलमार्ग हुँदै प्रचण्ड भरतपुर आइपुगेका हुन् ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले दुई वटा भिडियोको टुक्रासहित ठाडो उजुरी परेको बताए । ‘दुई वटा भिडियो राखेर आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेको छ । भिडियोमा प्रचण्ड बाटोमा हिँडिरहेको देखिन्छन् । अरु प्रमाण राखिएको छैन,’ उनले भने । यसअघि मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध लिखित उजुरी परेको थियो । दाहालविरुद्ध दुई पटक स्पष्टिकरण सोधिसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप