सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित
नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे । रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे ।
उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे छ ।
१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो ।
२४ चैत २०७७ मा सङ्‍घीय संसद् सचिवालयलाई पत्र लेखेर माओवादी अध्यक्ष प्रचण्डले भट्टसहित सांसदहरू टोपबहादुर रायमाझी, गौरिशंकर चौधरी र प्रभू साहलाई कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए ।
प्रचण्डको पत्रको आधारमा २६ चैत २०७७ मा उनीहरू पदमुक्त भएको सूचना संसद् सचिवालयले टाँस गरेको थियो । यही निर्णयविरुद्ध भट्ट १४ साउन २०७८ मा सर्वोच्च पगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा संसदीय समितिका सभापति चयन गर्ने तयारी
-
अलपत्र ‘दलित अधिकार’ विधेयक अघि बढाउने मन्त्री शाहीको प्रतिबद्धता
-
कर्णाली एमालेमा विवाद : अध्यक्ष ओलीसँग शाहको गुहार
-
गर्मीका कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा
-
लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी
-
रविको ‘आदेश’मा लुकाइयो साढे ४४ लाखमा तयार सुन आयोगको प्रतिवेदन