मदिरा सेवनगरी मतदान अधिकृत तथा गाउँलेलाई प्रहरीले कुटपिट गरेपछि...

मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा प्रहरी नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तानिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको हो ।
बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै उनले स्थानीयवासीलाई कुटपिट गरेको बताइएको छ । मतदान अधिकृत झाले आफूहरुमाथि भट्टले हातपात गरेको रातोपाटीलाई बताए । म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई राति नै मतदान अधिकृतलगायतको टोली बसेको घरमा लगिएको थियो । प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार प्रहरी नायव निरीक्षक भट्टले मदिरा सेवन गरेको तर कसैलाई कुटपिट नगरेको जनाएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको विष्टले पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
-
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल
-
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्बिरहरू