शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘पृथ्वीराज’का लागि अक्षय कुमारले लिए ६० करोड

बिहीबार, २९ वैशाख २०७९, १४ : ५९
बिहीबार, २९ वैशाख २०७९

अभिनेता अक्षय कुमार फिल्म ‘पृथ्वीराज’ को कारण चर्चा छन् । समाचार बाहिर आएको छ फिल्मका लागि अक्षय कुमारले संजय दत्तको भन्दा १२ गुना बढी पारिश्रमिक लिएका छन् । फिल्ममा अक्षय कुमार, संजय दत्तको अलवा मिस वल्ड मानुषी छिल्लर र सोनु सुदको समेत मुख्य भूमिका छ । 

फिल्म ३ जुनमा रिलिज हुँदैछ । समाचारका अनुसार ३०० करोडको बजेटमा बनेको यो फिल्मका लागि अक्षय कुमारले ६० करोड पारिश्रमिक लिएका छन् । संजय दत्तलाई फिल्मका लागि ५ करोड, अभिनेत्री मानुषीलाई एक करोड र अभिनेता सोनु सुदले ३ करोड लिएका छन् ।

डाक्टर चन्द्रप्रकाश द्धिवेदीको लेखन तथा निर्देशन रहेको ‘पृथ्वीराज’ मा साक्षी तन्वर, आशुतोष राणा र ललित तिवारी लगायतको समेत अभिनय देख्न सकिन्छ । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ ।
केही दिन पहिले फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलरमा अक्षयको पृथ्वीराज चौहानको अवतार देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप