बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुग्ध विकास संस्थानको कर्मचारी प्रशासन विनियमावली संशोधन, पाचौँ तहसम्मको कर्मचारी श्रेणीबिहीन हुने

बिहीबार, २९ वैशाख २०७९, १४ : ४३
बिहीबार, २९ वैशाख २०७९

दुग्ध विकास संस्थान कर्मचारी प्रशासन विनियमावली, २०६३ संशोधन भएको छ । संस्थानको विनियमावली २०६३ को आठौं संशोधन भएर हालैमात्र विनियमावली, २०७६ जारी भएको हो । 
संशोधित नियमावलीले कर्मचारीको व्यवस्थापन कर्मचारी नियुक्ति छनोट प्रक्रिया तथा छनोट समितिको समेत नयाँ व्यवस्था गरेको छ । 

संशोधित विनियमावली, २०७६ ले संस्थानमा अधिकृत स्तर ११औं तहसम्म रहने र एक देखि पाँचौं तहसम्म तहविहीन अर्थात् श्रेणी विहिन हुने व्यवस्था गरेको छ । नियमावली खण्ड ४ को उपविनियम (३) मा लेखिएदेृख बाहेक संस्थानमा तहविहीन पदहरु प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौ स्तर रहने छ भनिएको छ । यद्यपि, तह ४ र तह ५ भने सहायक स्तरका कर्मचारीहरु रहने विनियमावलीले उल्लेख गरेको छ । 
यी पदहरुमा कर्मचारी नियुक्त गर्नुपर्दा संस्था वा व्यक्तिसँग सेवा करारद्वारा नियुक्ति गरिने बताइएको छ । बाँकी तह ६ देखि तह १० औं सम्म आन्तरिक तथा खुल्ला गरि पदपूर्ति गरिने र ११ तहमा भने आन्तरिक मूल्याङ्कनका आधारमा कर्मचारी नियुक्त गरिने विनियमावलीले जनाएको छ । 

पदपूर्ति समितिमा संस्थानको महाप्रबन्धक अध्यक्ष रहने छन् भने अन्य सदस्यहरुमा कम्तिमा राजपत्राङ्कित द्धितीय श्रेणी स्तरका लोकसेवा आयोगको प्रतिनिधि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिनिधि, समितिले तोकेको पदपूर्तिसँग सम्बन्धित मानव संशोधन विज्ञ र प्रशासन व्यवस्थापन विभागको प्रमुख सदस्य सचिव रहेन छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप