शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पैसा बाँड्न लागेको आरोपमा वडाध्यक्षका उम्मेदवारलाई प्रहरीको जिम्मा लगाइयो

बिहीबार, २९ वैशाख २०७९, १३ : ५३
बिहीबार, २९ वैशाख २०७९

 स्थानीय तह निर्वाचनको मौन अवधिमा लमजुङमा एमाले उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका छन् ।  बेसीशहर नगरपालिका वडानम्बर ११ बाट एमालेका वडाध्यक्ष उम्मेदवार बनेका शिवप्रसाद जोशीलाई बुधबार राती स्थानीयले नियन्त्रणमा लिएर प्रशासनलाई बुझाएका हुन् । जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, माछा पुच्छरे  बैंकको चेक र पैसा बाँड्न तयार नामलिस्ट र झोलासहित कागजात भेटिएको थियो । 

प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप