महन्थ ठाकुर मतदान गर्न नजाने, राजेन्द्र महतोले सर्लाही पुगे
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न नजाने भएका छन्। सर्लाहीको बलरा गाउँपालिकामा उनको मतदाता नामावली छ। तर, स्वास्थ्य अवस्था ठिक नभएकाले उनी मतदान गर्न नजाने एक नेताले बताए। ठाकुरको मतदाता नामावली सर्लाहीमा भएपनि उनी महोत्तरी–३ बाट निर्वाचित सांसद हुन्।
यस्तै सोही पार्टीका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गाखोभारी जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। उनी त्यहाँ पुगिसकेका छन् । उनले धनुषा क्षेत्र नम्बर तीनबाट प्रतिनिधित्व गरेपनि मतदाता नामावली भने सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको हो । यस्तै लोसपाकै नेता अनिल झाले रौतहटको दुुर्गाभगवती गाउँपालिका २ स्थित संस्कृत उच्च माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन्। उनी रौतहट क्षेत्र नम्बर एकबाट प्रतिनिधित्व गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डसामु निरीह बन्यो श्रीलंका, एक खेलअगावै शृंखला गुमायो
-
पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा, तस्बिरहरु
-
जस्टिन ट्रुडोको राजनीतिक जीवनको उकाली–ओराली
-
कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान सकियो
-
चीनले मानव इतिहासकै सबैभन्दा शक्तिशाली मेसिन गन बनाउँदै
-
इमरान र बसिरको अर्धशतकसँगै बागमतीविरुद्ध आर्मीले बनायो कीर्तिमानी रन