राष्ट्र बैंकले पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै
नेपाल राष्ट्र बैंकले बिहीबार पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले आगामी जेठ ३ गते सर्वजनिक गर्नेगरि आज कुल १३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो ।
एक सूचना जारी गर्दै बैंकले आज दिउँसो ३ बजे उक्त ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ । इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो समयभित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले तीन किसिमको बिल सार्वजनिक गर्न लागेकोमा ९१ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५ लाख रुपैयाँ र ३६५ दिनका लागि १ अर्ब ८९ करोड रुपैयाँ छुट्याएको छ । ट्रेजरी बिल २०७९ जेठ ३ गतेदेखि जारी भएर अधिकतम ३६५ दिनको आगामी वर्ष २०८०, जेठ २ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल खुल्ला प्रतिस्पर्धाबाट बाँडफाँड गरिने भनिएपनि अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी १५ प्रतिशत भने विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी