बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड, बादल र पाण्डेले चितवनको कुन मतदानबाट गर्दैछन् मतदान ?

बिहीबार, २९ वैशाख २०७९, १३ : १२
बिहीबार, २९ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा चितवन जिल्लाबाट प्रचण्डसहित एमालेका दुई शीर्ष नेताले मतदान गर्ने भएका छन् । चितवनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा मतदानका लागि गृहजिल्ला चितवन पुगिसकेका छन् । 

प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिव नगरमा  रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्दैछन् भने एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डारा र  थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् ।

 थापाले नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । त्यस्तै पाँच दलबाट भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती र एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप